काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । प्रधानमन्त्री ओलीले मोदीसँग शुक्रबार फोनमा कुराकानी भएको फेसबुकमार्फत जानकारी गराएका हुन् ।


ADVERTISEMENT


फोनमा कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउनेमा सहमति भएको प्रधानमन्त्री ओलीले जनाएका छन् । खासगरी लकडाउनका कारण सीमामा रोकिएका दुबै देशका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा कुराकानी भएको उनले जानकारी गराएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै आपूर्ती व्यवस्थालाई निरन्तर कायम राख्दै थप सहज र सुचारु राख्न छलफल भएको उनले बताए । भारत सरकारले उपलब्ध गराउँदै आएको औषधि लगायतको सहयोगका लागि आफूले धन्यवाद दिएको समेत प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले फेसबुकमा भनेका छन्, ‘आज मैँले भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग टेलिफोन संवाद गरेँ । कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौँ । लकडाउनका कारण एकअर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौँ । आपूर्ती व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भयो । भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगका लागि मैँले धन्यवाद दिएँ ।’