काठमाडौँ — कोरोना भाइरस (कोभिड -१९)परीक्षणका लागि काठमाडौं ल्याइएका तीन भारतीय नागरिकको स्वाब नमुनामा कोरोना भाइरस पुष्टि भएको छ । हेटौंडामा शुक्रबार गरिएको प्रारम्भिक परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएका तीन भारतीय नागरिकको स्वाब नमुनामा कोरोना भेटिएको पुष्टि भएको हो ।


ADVERTISEMENT


स्वास्थ्य मन्त्रालयले आजै यो नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ । संघीय स्वास्थ्य मन्त्रालय र वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय स्रोतले पुनः परीक्षणमा पनि पोजेटिभ देखिएको पुष्टि गरेको हो।


ADVERTISEMENT

# # #


वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले हेटौंडामा गरिएको कोरोना भाइरसको स्वाब परीक्षणमा तीनजनाको रिपोर्ट पोजेटिभ देखिएपछि थप परीक्षणका लागि शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो।