काठमाडौं । चीनमा शनिबार कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । चीनको नेशनल हेल्थ कमिसनले आइतबार दिएको जानकारी अनुसार शनिबार चीनमा ९९ नयाँ संक्रमित फेला परेका हुन् ।
शुक्रबार चीनमा ४६ नयाँ संक्रमित फेला परेका थिए भने तीन जनाको मृत्यु भएको थियो । शनिबार यो भाइरसबाट सँक्रमितहरू बढेका छन् । यससँगै चीनमा समग्र संक्रमितको संख्या पनि ८२ हजार ५२ पुगेको छ ।


ADVERTISEMENT