मकवानपुर – कुलेखानी जलविद्युत आयोजना सुख्खायाम सुरु भएसँगै नियमित रुपमा सञ्चालनमा ल्याइएको छ । कोरोना भाइरस संक्रमणलाई रोक्नका लागि देशमा लकडाउन जारी रहेको समयमा विद्युतको मागलाई धान्न कुलेखानी जलविद्युत् आयोजनाको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको हो ।


ADVERTISEMENT


बिहान र बेलुका विद्युतको उच्च माग भएको समयमा विद्युत भार व्यवस्थापनका लागि सञ्चालन हुने गरेको कुलेखानी लकडाउन सुरु भएसँगै तीनवटै आयोजना पूर्णक्षमतामा सञ्चालनमा रहेको कुलेखानी प्रथमका प्रमुख रामकुमार यादवले जानकारी दिनुभयो ।


ADVERTISEMENT

# # #


कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ मेगावाट विद्युत उत्पादन हुने गरेको छ ।