एजेन्सी – कोरोना भाइरस९कोभिड–१९० को संक्रमणबाट अमेरिकामा मंगलबार मात्रै २ हजार १ सयभन्दा बढीको ज्यान गएको छ । अमेरिकामा मंगलबार रातिसम्म मात्रै २ हजार १ सय २९ जनाको मृत्यु भएको छ। अमेरिकामा कोरोना भाइरसको संक्रमण फैलिएयता एकैदिन सबैभन्दा बढीको मृत्यु भएको हो। यसअघि गत अप्रिल १० मा २ हजार ७४ जनाको मृत्यु भएको थियो।


ADVERTISEMENT


योसँगै कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या २५ हजार ९ सय ८१ पुगेको छ। त्यस्तै बुधबार बिहानसम्म अमेरिकामा संक्तमितको संख्या ६ लाख ८ हजार पुगेको छ। त्यस्तै अमेरिकामा करिब ४८ हजार निको भएका छन्।


ADVERTISEMENT

# # #


बुधबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या एक लाख २६ हजार ५ सय ३९ पुगेको छ। त्यस्तै करिब १९ लाख ७९ हजार संक्रमित भएका छन्। कोरोना भाइरसको संक्रमणपछि निको हुनेको संख्या करिब ४८ हजार रहेको छ।