विराटनगर — कोरोना भाइरस संक्रमणको शंका गरिएका ६ सय ४१ जनाको परीक्षण गर्दा संक्रमण नभएको पाइएको छ। मंगलबारसम्म परीक्षण गरिएका प्रदेश १ का विभिन्न स्थानका शंकास्पद बिरामीको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।


ADVERTISEMENT


प्रदेशभरका ६ सय ५३ जनाको नमुना संकलन गरी परीक्षणका लागि पठाइएकामा ६ सय ४१ को रिपोर्ट नेगेटिभ आएको र अरु १२ जनाको रिपोर्ट आउन बाँकी रहेको कार्यालयले जनाएको छ।


ADVERTISEMENT

# # #


प्रदेशभरका विभिन्न जिल्लाबाट संकलित नमुना धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित कोसी अस्पतालमा परीक्षण हुने गरेको छ।