काठमाडौं–राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सातै प्रदेशका सभामुखसँग भर्चुअल छलफल गर्दैछन्। सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट अध्यक्ष तिमिल्सिनाले कोरोना भाइरसको जोखीम न्यूनीकरण गर्न सरकारले लिएको नीतिका सन्दर्भमा प्रदेशका सभामुखहरुसँग भर्चुअल छलफल गर्न लागेको संसद सचिवालयले जनाएको छ। छलफल दिउँसो १ बजेलाई तय भएको छ।


ADVERTISEMENT


भर्चुअल छलफलमा आएका सुझावलाई एकीकृत गरेर सरकारलाई बुझाइने संसद सचिवालयले जनाएको छ।  यसअघि गत सोमबार पनि अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता, सचेतक तथा राष्ट्रियसभा अन्तर्गतका ४ वटा समितिका सभापतिहरुसँग भर्चुअल छलफल गरेका थिए। मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले सात वटै प्रदेशका सभामुख र उपसभामुखसँग टेलिफोन संवाद गरेका थिए।


ADVERTISEMENT

# # #