काठमाडौं  – काभ्रेका दुई जनामा पनि र्‍यापिड टेस्ट गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । बेथान्चोक गाउँपालिकाका २८ बर्षिय र मण्डनदेउपुरका २३ बर्षिय पुरुषमा आरडीटी परीक्षण पोजिटिभ देखिएको हो ।


ADVERTISEMENT


एकजना भारत र एक जना दुवईवाट फर्केका युवा हुन् । दुबैको स्वाव परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको छ । स्वाब परीक्षणपछि मात्रै कोरोना संक्रमण भए नभएको खुल्नेछ । दुबैजनाका परिवारलाई पनि क्वारेन्टिनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै धादिङको ज्वालामुखी गाँउपालिकास्थित स्वास्थ्य केन्द्रमा एक २७ वर्षीय युवकको पनि आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । ज्वालामुखी–३, अमराई निवासी युवक फागुन २० गते दक्षिण कोरियाबाट नेपाल फर्किएका थिए ।

थप परिक्षणका लागि उनलाई सदरमुकामस्थित अस्थायी आइसोलेसनमा राखेर स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने तयारी गरिएको छ । परिवारका सदस्यलाई पनि क्वारेन्टिनमा राख्ने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।