काठमाडौँ — काठमाडौंको पेप्सीकोला टाउनप्लानिङस्थित कागेश्वरी मनोहरा नगरपालिका–९  को  सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’मा बसोबास गर्ने २९६ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ को एन्टिबडी परीक्षण गरिएको छ । नगरपालिकाका मेयर कृष्णहरि थापाका अनुसार परीक्षण गरिएका मध्ये सबैको रिपोर्ट नेगेटिभ छ।


ADVERTISEMENT


‘हामीलाई डाक्टरले सबैको नेगेटिभ आएको बताउनुभएको छ।’ ‘सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा विभागबाट आउनुभएका चिकित्सकले जानकारी दिनुभएको छ,’ उनले भने, ‘संक्रमित परिवारको घरमा काम गर्ने दुई युवकको पहिलोपटक नेगेटिभ आएपछि दोस्रोपटक पनि परीक्षण गरिएको थियो।


ADVERTISEMENT

# # #