काठमाडौं । नेपाल विद्यार्थी संघ(नेविसंघ) को ५१ औं स्थापना दिवसको अवसरमा नेपाली कांग्रेस (विपी) पार्टीको भ्रार्तृ संस्था नेपाल विद्यार्थी संघ(नेविसंघ)का अध्यक्ष अन्जान लामाले शुभकामना दिएका छन् ।
लामाले आज लकडाउनका कारण कुनै औपचारिक कार्यक्रम गर्न सम्भव नभएकाले फेसबुकका माध्यमबाट नै सम्पूर्ण विद्यार्थीलाई एकजुट हुन समेत आव्हान गरेका छन् । उनले राष्टियता, प्रजातन्त्र, समाजवाद र विद्यार्थी एकता आजको आवश्यकता भन्दै सबैलाई यही अभियानमा सक्रिय रहन पनि आग्रह गरेका छन् । पार्टीको केन्द्रीय सदस्य समेत रहेका लामाले नेविसंघले विपी कोइरालाले आत्मसात गरेको विचारलाई फैलाएर आजको आवश्यकता रहेको र आफुहरु त्यही अभियानमा लागेको पनि जनाएका छन् । लामाले विद्यार्थीको हक अधिकारका लागि लाग्न पनि आव्हान गरेका छन् । नेविसंघले विभिन्न जिल्ला समिति तथा अन्य कमिटी गठन गरेर संघलाई विकसित र संगठित गर्दै आएको जनाएको छ ।
नेपाली कांग्रेसको राजनीतिमा लामो समयसम्म सक्रिय रहेका उनी पछिलो समयमा कांग्रेसले आफ्नो विचार र सिद्धान्त छोडेको भन्दै नेपाली कांग्रेस (विपी)मा प्रवेश गरेका थिए । २०२७ साल बैशाख ६ गते विपिन कोइरालाको अध्यक्षतामा नेविसंघको गठन भएको थियो ।


ADVERTISEMENT