काडमाडौँ – नेपालमा थप एकजनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको हो ।


ADVERTISEMENT


यससँगै नेपालमा कोरोना संक्रमितको संख्य ३१ पुगेको छ । जसमध्ये दुई जना निको भएर घर फर्किएका छन् भने बाँकी उपचाररत छन् ।


ADVERTISEMENT

# # #


शुक्रबार मात्र नेपालको दोस्रो संक्रमित युवती कोरोनालाई जितेर घर फर्किएकी थिइन् । पहिला संक्रमित भने माघमा नै निको भएका थिए । यस्तै बाग्लुङमा उपचाररत ६५ वर्षीया वृद्धामा पनि दोस्रो पटक रिर्पोट नेगेटिभ देखिएको छ । यससँगै उनलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।