काठमाडौँ – कोरोना भाइस (कोभिड १९)को संक्रमणपछि भनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक युवा निको भएका छन् ।


ADVERTISEMENT


दुबईबाट आएका उनी गत चैत ११ गते कोरोनाको आशंकामा अस्पताल भर्ना भएका थिए । चैत्र १४ गते उनमा कोरोना पोजेटिभ देखिएको थियो । उनी नेपालको चौथो संक्रमित हुन् ।


ADVERTISEMENT

# # #


दोस्रो पटकको रिपोर्ट पनि नेगेटिभ आएकाले उनलाई आजै डिस्चार्ज गर्ने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यसँगै नेपालमा कोरोना कोरोनाको संक्रमणपछि निको हुनेको संख्या ४ पुगेको छ । यसअघि चीनबाट आएका एक विद्यार्थी गत माघमा निको भएर घर फर्किएका थिए भने फ्रान्सबाट आएकी नेपालकी दोस्रो संक्रमित १९ वर्षीय यवती काठमाडौँको टेकु अस्पतालबाट शुक्रबार डिस्चार्ज भएकी थिइन् ।

यस्तै बेल्जियमबाट आएकी ६५ वर्षीय वृद्धा पनि दोस्रो पटक पनि नतिजा नेटेगिथभ आएपछि शुक्रबार नै डिस्चार्ज भइसकेकी छन् । यससँगै नेपालमा कोरोना संक्रमित ३१ जनामध्ये चारजनाको उपचारपछि निको भएकाले अब २७ जना अस्पतालमा रहेका छन् ।

जसमध्ये धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ४ जना, बाग्लुङको धौलागिरि अस्पतालमा १ जना, काठमाडौँको टेकु अस्पतालमा १ जना, ललितपुरको पाटन अस्पतालमा २ जना, चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा २ जना, पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा ४ जना र मोरङको विराटनगरस्थित कोरोना विशेष अस्पतालमा १३ जना उपचाररत रहेका छन् ।