काठमाडौ । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले कोरोना महामारी संकटले देश थला परेका वेला सरकारले प्रमुख विपक्षी दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषद्को बैठक बस्न र निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णयले लोकतान्त्रिक पद्धति र संविधानवादको मुल मर्म माथी निर्मम प्रहार गरेको बताएका छन् ।


ADVERTISEMENT


नेता महरले मन्त्रिपरिषदको सोमबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश ल्याउने प्रस्तावलाई हतोत्साहित मानसिकताको उपजको संज्ञा दिएका हुन् ।


ADVERTISEMENT

# # #


मन्त्रिपरिषदको सोमबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश ल्याउने प्रस्तावको विश्लेषण गर्दा हतोत्साहित मानसिकताको उपज संगै शाशकले मानसिक सन्तुलन गुमाउदै गएको आभास भएको छ ।, नेता महर भन्छन्, समयक्रमले ओली राज लाई जनताले सवक सिकाउने कुरामा दुईमत छैन ।