काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको छ । सरकारको पछिल्लो कदमका बारेमा छलफल गर्न कांग्रेसले मंगलबार बिहान पदाधिकारी बैठक बोलाएको हो ।


ADVERTISEMENT


सरकारले सोमबार ल्याएको संवैधानिक परिषद्सम्बन्धी र राजनैतिक दलसम्बन्धी अध्यादेश बारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले बिहान ९ बजे सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बैठक बस्ने बताए । कांग्रेसले मंगलबार नै भ्रातृ संगठनहरुसँग सरकारको पछिल्लो कदमका विषयमा ‘भर्चुअल’ छलफलसमेत गर्ने तयारी गरेको शर्माले जानकारी दिए ।

कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी र राजनैतिक दलसम्बन्धी अध्यादेश जारी हुनुलाई ‘आपत्तिजनक कदम’ र ‘गैर जिम्मेवार प्रवृत्ति’ का रुपमा टिप्पणी गरेको छ ।

सभापति शेरबहादुर देउवाले सोमबार बेलुकी प्रेस विज्ञप्ति जारी गरेर कोरोना र भोकमरीबाट जनतालाई जोगाउनुपर्ने बेला सत्ताको उन्माद देखाउनु नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना भएको बताएका छन् । उनले भनेका छन्, ‘यो बेमौसमी बाँसुरी हो ।”