एजेन्सी- अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५ हजार नाघेको छ । आज बिहानसम्म अमेरिकामा कोरोना संक्रमणका कारण ४५ हजार २९६ जनाको ज्यान गइसकेको छ ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा कोरोनाका कारण २ हजार ७८२ जनाले ज्यान गुमाउनु परेको छ । कोरोनाले अहिलेसम्म विश्वभरमा १ लाख ७७ हजार ४१९ ले ज्यान गुमाइसकेका छन् ।


ADVERTISEMENT

# # #


अमेरिकामा ८ लाख १८ हजार भन्दा धेरैमा कोरोनाको संक्रमण देखिसकेको छ । अहिले पनि अमेरिकामा ६ लाख ९० हजार २१० कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १४ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २५ हजार ६०७ जना कोरोनाका नयाँ संक्रमितको पहिचान भएको छ ।