काडमाडौँ – नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT


बीपी प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ३ जनामा कोरोनो पोजिटिभ देखिएको हो । यी तीनै जनालाई उदयपुरको भुल्केस्थित मस्जिदबाट मोरङको टाँडीमा रहेको नेपाली सेनाको क्वारेन्टाइनमा राखिएको थियो।


ADVERTISEMENT

# # #


यसअघि उनीहरूको समूहका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।

हाल धनगढीको सेती प्रादेशिक अस्पतालमा २ जना, बाग्लुङको धौलागिरी अस्पतालमा १ जना, चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा २ जना, ललितपुरको पाटन अस्पतालमा २ जना उपचार गरिरहेका छन् ।

यस्तै वीरगञ्जको नारायणी अस्पतालमा ४ जना र विकारटनरस्थित कोरोना विशेष अस्पतालमा २४ जना उपचाररत रहेका छन् । आज संक्रमण देखिएका ३ जनाको उपचार पनि त्यहीँ हुने प्रवक्ता डा. देवकोटाले जानकारी दिए । प्राप्त जानकारी अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।