काठमाडौँ – नेपालमा थप दुईजना कोरोना भाइरस (कोभिड–१९)लाई जितेर घर फर्किएका छन् ।


ADVERTISEMENT


कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत पुरुष र काठमाडौँको टेकु अस्पतालमा उपचाररत पुरुष कोरोना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । सेती अस्पतालमा उपचाररत भारतबाट आएका ४० वर्षीय पुरुष १९ दिनपछि घर फर्किएको हुन् भने टेकुमा उपचारत ३२ वर्षीय पुरुष पनि २९ दिनपछि डिस्चार्ज भएका छन् ।


ADVERTISEMENT

# # #


मंगलबार मात्रै धनगढीमा उपचाररत युवा १९ दिनपछि निको भएर घर फर्किएका थिए । यसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ७ पुगेको छ । यता कोरोना संक्रमितको संख्या भने नेपालमा ४५ पुगेको छ ।

उदयपुरको भुल्केमा मंगलबार ११ जना नयाँ संक्रमित फेला परेका थिए । आज पनि भेल्केकै थप ३ जनामा कोरोना पुष्ट भएको छ ।

४० हजार बढीको कोरोना परीक्षण

नेपालमा आजसम्म जम्मा परीक्षण ४० हजार ४३१ जनाकबो कोरोना परीक्षण गरिएको छ । जसमध्ये पीसीआरमार्फत ९ हजार ११ र र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)बाट ३१ हजार ४ सय २० जनाको परीक्षण गरिएको उनले बताए ।

गत २४ घण्टामा ३ हजार ७३६ वटा नयाँ परीक्षण भएको छ भने सबै जिल्लामा आरडीटीमार्फत परीक्षण भइरहेको छ ।

भारतले चीनले गरे सहयोग

यस्तै भारत सरकारले आफ्ना राजदूतमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २३ टन विभिन्न १८ किसिमका औषधिहरु हस्तान्तरण गरेको र चरणवद्ध रुपमा प्राप्त हुने डा. देवकोटाले जानकारी दिए ।

यस्तै चीनको तीब्बत सरकारले कोरोना रोकथामका लागि प्रयोग हुने २ वटा पीसीआर मेसिन, इन्फारेट थर्मामिटर एक हजार, टेष्टिङ किट २० हजार पीपीई सेट १० हजार र एन–९५ मास्क तातोपानी नाकामा हस्तान्तरण गरेको छ ।