काठमाडौँ — राजपा र समाजवादी पार्टीका नेताहरु नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् । मध्यरातमा पार्टी एकताको सहमति गरेका राजपा र समाजवादी पार्टीका नेताहरु त्यसको जानकारी दिन निर्वाचन आयोग पुगेका हुन् ।


ADVERTISEMENT


पार्टी एकता गरेर जनता समाजवादी पार्टी गठन भएको छ । जनता समाजवादीका नेता राजेन्द्र महतोले हिजोको सहमतिअनुसार नयाँ दल दर्ता आफू आयोग पुगेको बताए। दल दर्ता गर्न महतो, शरतसिंह भण्डारी लगायतका नेता पुगेका छन् ।


ADVERTISEMENT

# # #