काठमाडौं – नेपाली कांग्रेसको युवा संठगन नेपाल तरुण दलले झुटा आरोप लगाई पक्राउ गरिएका भीम उपाध्यायलाई तत्काल बिना सर्त रिहा गर्न माग गरेको छ ।


ADVERTISEMENT


तरुण दलले लोकतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै लोकतन्त्र दिवस मनाइँरहदा सरकारले लोकतन्त्रका मूल्यमाथि धावा बोलेकोप्रति निन्दा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्‍जालमार्फत् अपमानजनक शब्दको प्रयोग गरेको आरोपमा पूर्वसचिव भीम उपाध्यायलाई बुधबार राति पक्राउ गरिएको थियो ।


ADVERTISEMENT

# # #


सरकारले लोकतन्त्रका गहना भनिएका अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्रपूर्वक जीवनयापन गर्न पाउने अधिकार माथि कुठाराघात गरिरहेको तरुण दलको आरोप छ । सरकारले विपक्षी पार्टीका सांसदलाईसमेत अपहरणको शैलीमा होटलभित्र बन्धक बनाइएको भन्ने सुन्नमा आएकोप्रति ध्यानाकर्षण भएको तरुण दलले जनाएको छ ।

आगामी दिनमा यस्ता लोकतन्त्र विरोधी गतिविधि नरोकिए लोकतन्त्र रक्षाका लागि नेपाल तरुण दलजस्तो सुकै आन्दोलन गर्न तयार रहेकोसमेत नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्‍नेतले जारी गरेको विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।