नवलपरासी – नेत्रविक्रम चन्दका भतिजा दिलीप चन्दलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


सर्वोच्च अदालतको आदेशमा जिल्ला अदालतबाट थुनामुक्त दिलीपलाई प्रहरीले आज पुनः नियन्त्रणमा लिएको हो । बन्दीप्रत्यक्षीकरण निवेदनका आधारमा सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न जिल्ला अदालतलाई आदेश दिएको थियो ।


ADVERTISEMENT

# # #


सर्वोच्च अदालतको आदेशको कार्यान्वयन गर्दै जिल्ला न्यायाधीश अशोककुमार बस्नेत, नेपाल पत्रकार महासंघ जिल्ला शाखा र नेपाल बार एशोसियशनका प्रतिनिधिको रोहबरमा आज दिलीपलाई थुनामुक्त गरेलगत्तै जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरीले परासीको बुद्धचोकबाट पक्राउ गरेका हुन् । अभियुक्त नेत्रविक्रम चन्दका दाइ चन्द्रबहादुरका छोरा हुन् ।

गत फागुन १९ गते कपिलवस्तुबाट अभद्र व्यवहारको आरोपमा पक्राउ परेका उनलाई चैत २३ गते जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले तारेखमा छाडेको थियो । सोही दिन उनलाई कपिलवस्तुबाट प्रहरीले पक्राउ गरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो । कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका ३२ वर्षीय दिलीपका बाबु चन्द समूहको गतिविधिमा संलग्न रहेको आरोपमा तुलसीपुरमा थुनामा छन् । रासस