काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आज दुई अध्यादेश खारेज गरेकी छन् ।


ADVERTISEMENT


सोमबार सरकारको सिफारिसमा जारी गरिएका यी दुई विधेयकबारे चौतर्फी विरोध भएपछि राष्ट्रपति भण्डारीले सरकारकै सिफारिसमा खारेज गरेकी हुन् ।


ADVERTISEMENT

# # #


नेपालको संविधानबमोजिम ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि (पहिलो संशोधन) र राजनीतिक दलसम्बन्धी(दोस्रो संशोधन) अध्यादेश, २०७७ खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।