श्याम ठाकुर, सिरहा – सिरहाको मिर्चैया नगरपालिका वडा नं. ६ मा प्रदेश सरकारबाट पठाईएको राहत वितरणको शुरुवात भएको छ । प्रदेश सरकारले तोकेको मापदण्ड अनुसार वडामा रहेका दैनिक ज्याला मजदुरी गर्ने, श्रमीक, अति विपन्न तथा किसानलाई राहत वितरण गरिएको हो ।


ADVERTISEMENT


वडाध्यक्ष देव कृष्ण साहका अनुसार शुक्रबार दोस्रो चरण अन्तर्गत वडामा रहेका तीन सय घरधुरीलाई राहत वितरण गरिएको छ । राहत वितरणमा छुटेकालाई अर्को चरणमा उपलब्ध गराउने भन्दै वडाध्यक्ष साहले राहतले समस्यामा रहेका परिवारलाई संकटको बेला सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


ADVERTISEMENT

# # #


‘प्रदेश सरकारको रकम र वडाको रकम लगाई यस नगरपालिकामा पहिले वितरण गर्न सकेकोमा खुशी लागेको छ ।’ उनले भने, ‘अझ छुटफुट र वाँकी रहेकोलाई हामी अर्कोचरणमा पुनः वितरण गर्नेछौं ।’

लकडाउनका कारण दैनिक जीवनयापन गर्न कठीन भइरहेका बेला ढिलो भएपनि राहत पाएको भन्दै खुसी व्यक्त गरेका छन् । स्थानीय शिव शंकर साहले भने, ‘धेरै दःख भईरहेको थियो । एक छाक खाने र एक छाक भोकै वसेर बाँचेको थिए । यो राहतले केही राहत भएको महशुस भएको छ ।’

राहत वितरण कार्यक्रममा विभिन्न दलका प्रतिनिध तथा सशस्त्र प्रहरी बल मिर्चैयाका सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । यस्तै आजै वडा अध्यक्ष साहको अध्यक्षतामा डास्तरिय राहत पहिचान तथा वितरण समिति गठन गरिएको छ ।