काठमाडौँ – गृहमन्त्रालयले महानगरीय अपराध महाशाखाको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापा र महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखमा अर्का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीलाई जिम्मेवारी तोकेको छ ।


ADVERTISEMENT


उनीहरुलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले प्रमुखको जिम्मेवारी दिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नाव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। यसअघि ज्ञवाली महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा थिए । थापा भने प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन शाखामा थिए ।


ADVERTISEMENT

# # #


परिसरका प्रमुख उत्तमराज सुवेदी र महाशाखाका प्रमुख सहकुलबहादुर थापा प्रहरी नायब महानिरीक्षकमा बढुवा भएपछि यहाँ प्रमुखको पद रिक्त थियो । हाल सुवेदी सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख हुन् भने थापा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख भएर गएका छन् । रासस