उदयपुर – त्रियुगा नगरपालिका वडा नम्बर ३, भुल्केमा २८ जना सङ्क्रमित पुष्टि भएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को टोली उदयपुर आएको छ ।


ADVERTISEMENT


कोरोनाबाट उत्पन्न समस्याको विषयमा बुझ्न राजन पटेलको नेतृत्वामा डब्लूएचओेको टोली उदयपुर आएको हो ।
स्वास्थ्य सेवा विभाग टेकुका इडीसीडीका लिलाविक्रम थापा, प्रदिप रिमाल, पशुसेवा विभागका डा। सुजन रानाको टोली बिहीबार त्रियुगा नगरपालिका ३, भुल्केमा आएको हो ।


ADVERTISEMENT

# # #


उक्त टोलीले सङ्क्रमित क्षेत्रको अवस्था विश्लेषण गरि अवको रणनीतिको बारेमा कोरोना नियन्त्रण उच्च स्तरिय संयन्त्रलाई सुझाव पेश गर्नेछ । स्वास्थ्य कार्यालय उदयपुर र नगरपालिकालाई सहयोग पुर्याउनको लागि टोली आएको टोलीका सदस्य प्रदिप रिमालले बताउनुभयो ।