काठमाडौँ — विश्वभर नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ज्यान जानेको संख्या २ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार आइतबार बिहानसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर २ लाख ३ हजार २ सय ६७ पुगेको छ ।


ADVERTISEMENT


चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोभिड–१९ संक्रमितको संख्या २९ लाख २० हजारभन्दा धेरै छ । संक्रमितमध्‍ये हालसम्म ८ लाख ३६ हजार निको भएका छन् ।


ADVERTISEMENT

# # #


कोभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा मात्र एक चौथाईभन्दा बढी अर्थात् ५३ हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका छन् भने संक्रमित संख्या ९ लाख ३६ हजारभन्दा बढी छ। अमेरिकापछि इटालीमा २६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने स्पेनमा मृतक संख्या करिब २३ हजार पुगेको छ। फ्रान्समा २२ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ भने बेलायतमा २० हजार ३ सयले ज्यान गुमाएका छन्। कोरोना भाइरसको संक्रमण विश्वका लगभग सबैजसो देशमा भेटिएको छ।