सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाले लकडाउन अवधिभर झण्डै रु दुई करोडको राहत सामग्री वितरण गरेको छ । नगरपालिकाले खर्च विवरण सार्वजनिक गर्दै रु एक करोड ९६ लाख ६३ हजार ६२३ को राहत सामग्री वितरण गरेको जानकारी दिएको छ ।


ADVERTISEMENT


कार्यवाहक प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा शनिबार बसेको बैठकले शुक्रबारसम्म एक हजार ६९१ परिवारलाई राहतस्वरुप विभिन्न खाद्य सामग्री वितरण गरिएको विवरण पारित गरेको हो । कार्यवाहक नगरप्रमुख ढकालले ज्यालादारी मजदुर, अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर खाद्य सामग्री राहतस्वरुप वितरण गरेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


नगरपालिकाले कोरोना सङ्क्रमण तथा रोकथाम नियन्त्रण र उपचार कोषमा प्रदेश सरकारको रु ३० लाख, अन्य व्यक्ति तथा संस्थाबाट रु छ लाख ८३ हजार २१५ गरी ३६ लाख ८३ हजार २१५ बचत हुन आएको जनाएको छ ।

कार्यपालिका बैठकले लकडाउन शुरु हुनुपूर्व सञ्चालनमा रहेका विभिन्न पूर्वाधार निर्माणकार्यलाई भौतिक दूरी कायम गरी रोगको सङ्क्रमण फैलिन नदिने उपाय अवलम्बन गर्दै स्थानीय प्रशासनसँग समन्वय गरी परियोजना अघि बढाउने निर्णय गरेको छ । त्यस्तै यस अवधिमा कोरोना भाइरस सङ्क्रमण भए/नभएको पत्ता लगाउन १६० जनाको दु्रत निदानात्मक परीक्षण ९आरडिटी० गरिएको जनाएको छ । नगरपालिकाले सुब्बाकुना, छेडा, फलाँटे, बाँगेसिमललगायतका स्थानमा कोरोना सङ्क्रमणसम्बन्धी सचेतना र सहयोगका लागि सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ । रासस