काठमाडौं –  सरकारले देशव्यापी ‘लकडाउन’ अझै एक साता थप्ने तयारी गरेको छ । लकडाउन थप्ने विषयमा निर्णय गर्नका लागि मन्त्रिपरिषदको बैठक आज बस्दैछ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन तत्कालै हटाउन नहुने सुझाव दिएपछि सरकारले एक साता बढाउन लागेको हो ।


ADVERTISEMENT


कार्यदलले वैशाख १५ गतेपछि एक साता लकडाउन बढाउनुपर्ने र त्यसपछि नयाँ मोडेलमा जानुपर्ने सुझाब सरकारलाई दिएको छ । लकडाउन क्षेत्रगत रूपमा खुकुलो पर्न पनि समितिले सरकारलाई सुझाव दिएको छ । स्वास्थ्योपचार, कृषि र अत्यावश्यक खाद्यान्न पाइने पसलहरुमा लकडाउन खुकुलो पार्नुपर्ने सुझाव आएको छ ।


ADVERTISEMENT

# # #


लकडाउन हटाउने, केही खुकुलो बनाउने वा निश्चित क्षेत्रहरू तोकेर फरक–फरक तरिका अपनाउने विकल्पमा पनि मन्त्रीपरिषदमा छलफल हुने बताइएको छ ।

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले देशैभर ‘लकडाउन’ गरेको एक महिना नाघिसकेको छ ।