न्युजिल्यान्डले समुदायमा हुने स्थानीय संक्रमण रोकेको जनाउँदै कोरोना भाइरस (कोभिड–१९) लाई निर्मूल पारेको दाबी गरेको छ । केही दिनयता दैनिक नयाँ संक्रमित एक जना मात्र भेटिएको जनाउँदै प्रधानमन्त्री जसिन्डा आर्डर्नले कोभिड–१९ हालका लागि निर्मूल भएको बताएकी हुन् । उनका अनुसार आइतबारमात्र एक जना नयाँ संक्रमित भेटिएका हुन् । तर अधिकारीहरूले उक्त घोषणाबाट उत्साहित नहुन चेतावनी दिएका छन् । प्रधानमन्त्रीको भनाइको अर्थ भाइरसको संक्रमण अन्त्य भएको वा हुन नसक्ने निष्कर्ष निकाल्न नहुने उनीहरूको भनाइ छ


ADVERTISEMENT


न्युजिल्यान्डले कडा प्रतिबन्धहरू हटाउनुभन्दा केही घण्टा अगाडि प्रधानमन्त्रीले उक्त घोषणा गरेकी हुन् । न्युजिल्यान्डमा मंगलबारदेखि स्वास्थ्य तथा शिक्षा र अन्य व्यवसायहरू सुचारु हुने गरी प्रतिबन्ध हटाइएको हो ।


ADVERTISEMENT

# # #


तर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा र सामाजिक जमघट गर्न नहुने नियम कायमै छन् । ‘मानिसको सामाजिक जीवन होइन, हामी अर्थतन्त्रलाई खोल्दैछौं,’ नियमित पत्रकार सम्मेलनमा आर्डर्नले भनिन् ।