काठमाडौँ – रौतहटमा थप दुईजनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । लकडाउनका बेला भारतको नयाँ दिल्लीबाट आएका दुई जना पुरुषमा मंगलबार कोरोना पुष्टि भएको हो ।


ADVERTISEMENT


सुरुमा उनीहरुको स्वाबको नमूना परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । तर, त्यहाँ नतिजा नेगेटभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौँ पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।


ADVERTISEMENT

# # #


यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । जसमध्ये १६ जना निको भइसकेका छन् भने बाँकीको उपचार भइरहेको छ ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले पाँचौँ पटक समय थप गर्दै वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याएको छ ।