काठमाडौँ– सत्तारुढ नेपाली काँग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अत्यन्तै सफल भएको दावी गरेको छ ।


ADVERTISEMENT


काँग्रेस कार्यबहाक सभापति विमलेन्द्र निधिले प्रधानमन्त्री देउवाको भारत भ्रमण अत्यन्तै सफल भएको टिप्पणी गरेका हुन् ।
उनले प्रधानमन्त्रीको भारत भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध अझै सुदृढ बनेको दावी पनि गरे ।


ADVERTISEMENT

# # #


आईतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कार्यबहाक सभापति निधिले संविधानको सर्वस्विकार्यता बढाउने गरी प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति औचित्यपूर्ण, अत्यन्तै परिपक्व र सार्थक पहल भएको दावी पनि गरे ।
प्रधानमन्त्री देउवाले भारत भ्रमणको क्रममा संविधानको बारेमा दिएको अभिव्यक्ति विवादित बनेको छ । तर काँग्रेस कार्यबहाक सभापति निधिले संविधानमा अन्तराष्ट्रिय समुदायको स्वागत र समर्थन लिन पनि प्रधानमन्त्री देउवाले दिएको अभिव्यक्ति औचित्यपूर्ण रहेको तर्क गरे ।

काँग्रेस कार्यबहाक सभापति निधिले एमाले अध्यक्ष केपी ओलीको चीन भ्रमण र वरिष्ठ नेता माधव नेपालको उत्तर कोरिया भ्रमण आपत्तिजनक रहेको आरोप पनि लगाए ।
उनले ओलीले चीन भ्रमणको बेला संघीयताको विरोधमा चिनियाँ नेताहरुसँग छलफल गरेर नेपालको शिर निहर्याएको आरोप लगाए । उनले माधव नेपालले सरकारको अनुमति बिना नै उतरकोरियाको भ्रमण गरेको भन्दै आपत्ति जनाए ।

एमाले अध्यक्ष ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले संविधानका विषयमा दिएको अभिव्यक्तिले नेपालको शिर निहुर्याएको भन्दै कडा आलोचना गरेका थिए ।

सोही प्रसंग कोटयाउँदै काँग्रेस कार्यबहाक सभापति निधिले प्रधानमन्त्री देउवाले संविधानमा अन्तराष्ट्रिय समुदायको स्वागत र समर्थन बटुल्न भारत भ्रमणमा पनि सो विषयमा वकालत गर्नु भएको प्रष्टिकरण दिए ।