काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग्गिएको पशुपति शमसेर राणा नेतृत्वको समूहले राप्रपा प्रजातान्त्रिकको नाममा निर्वाचन आयोगमा औपचारिक रुपमा दल दर्ता गरेको छ ।


ADVERTISEMENT


२०/२२ जना नेताहरुको समूह आइतबार बिहान निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएका हुन् ।


ADVERTISEMENT

# # #


पशुपति शमसेर राणा अध्यक्ष रहेको पार्टीका ध्रुवबहादुर प्रधान र सुनील बहादुर थापा महामन्त्री छन् ।

त्यस्तै रामचन्द्र राय, दीपक बोहरा र बिक्रम पाण्डेलाई उपाध्यक्षको जिम्मेबारी दिइएको छ । दल दर्ताका क्रममा उनीहरू सबै निर्वाचक आयोग पुगेका थिए ।