एजेन्सी –  बार्सिलोनाका कप्तान लियोन मेस्सीको क्लबसँगको सम्झौता नवीकरणमा कुनै समस्या नहुने क्बलका पूर्व अध्यक्ष जोन लापोर्टाले बताए । बार्सिलोना सम्झौता नवीकरणका लागि मेस्सीसँग छलफल गरिरहेको जोनले बताए ।


ADVERTISEMENT


क्लबसँग मेस्सीको सम्झौता २०२१ मा सकिँदैछ । अर्जेन्टिनी अन्तर्राष्ट्रिय मेस्सी कुनै पनि सिजनको अत्यमा ला लिगा छोड्न सक्ने अनुमान गरिँदै आएको छ । उनको भविष्यको विषयमा फुटबल दिग्गजहरू अझै कडा अनुमानहरू गरिरहेका छन् । तर बार्सिलोनाका पूर्व अध्यक्ष जोनले मेस्सीको सम्झौता नवीकरण गर्न सजिलो भएकाले उनी बार्सिलोनामै रहने बताए ।


ADVERTISEMENT

# # #


“क्लब र मेस्सीलाई उनको सम्झौता नवीकरण गर्न कुनै समस्या हुनेछैन,” उनले भने । पछिल्लो समय बार्सिलोनामा मेस्सीसँग पुनर्मिलनका लागि जोडिएको ब्राजिलियन स्ट्राइकर नेयमार अनुबन्धको प्रयास गरिरहेकोसमेत जानकारी दिए । नेयमारले सन् २०१७ मा फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी० का लागि विश्व कीर्तिमानी रकममा बार्सिलोना छोडेका थिए ।