एजेन्सी । प्रिमियर लिग क्लब म्याचेस्टर युनाइटेड आउनले ट्रान्सफर विन्डोजमा सबैभन्दा बढी प्रस्पिर्धी हुने एड वुडवर्डले बताएका छन् । उनले विश्वभर फैलिएको कोरोना भाइरसका कारण क्लबहरूले आर्थिक संकट झेलिरहेका बेला युनाइटेड सबैभन्दा ठूलो प्रतिस्पर्धी भएको बताएका हुन् । उनले प्रशिक्षक ओले गुन्नार सोल्स्करलाई नयाँ खेलाडी अनुबन्धका लागि तयारी गर्न र खेलाडीको खोजी गर्ने अनुमति दिने बताए ।


ADVERTISEMENT


“टिमलाई सुदृढ पार्न र लिगको शीर्ष स्थानमा उक्लिनका लागि खेलाडी छनोट गर्न प्रशिक्षक ओलेलाई अनुमति दिने छौं । हामीलाई विश्वास छ, उनको निर्णयमा अनुबन्धित खेलाडीले टोलीमा धेरै सुधार आउनेछ,” वुडवर्डले भने, “यो सत्य कुरा हो । हामी अन्य क्लबको तुलनामा बलियो आर्थिक स्थितिमा छौं । तर, यस महामारीबाट हामीलाई आर्थिक प्रभाव नपरेको भने होइन ।”


ADVERTISEMENT

# # #


उनले थपे, “हामीसँग संकटको माध्यमबाट एक मार्ग दर्शन मिलेको छ र हामी सापेक्षिक सामान्यताको लागि उठेका छौं । त्यसैले हामी ट्रान्सफर विन्डोजमा अत्यधिक प्रतिस्पर्धी हुने लक्ष्य राखेका छौं ।”

उनले उपाधि जित्नकै लागि यो कदम चाल्ने बताएका छन् । युनाइटेड जारी सिजन प्रिमियर लिग अंक तालिकाको पाँचौं स्थानमा छ । उनले सिजनका बाँकी खेल बन्द रंगशालामा हुनसक्ने संकेत रहेको बताएका छन् ।

“मलाई लाग्छ हामी सबै सहमत छौं । समर्थकहरू पनि छिट्टै ओल्ड ट्राफोर्डमा फुटबल हेर्न चाहन्छन् । तर समर्थकका लागि सरकाले अनुमति दिन जरुरी छ,“ उनले भने, “अहिलेसम्म कुनै निर्णय भएको छैन । तर, हामी यो सोच्दछौं बन्द रंगशाला भित्रै भए पनि लिग सुचारु हुनेछ ।”