काठमाडौं –  सामाजिक संस्था हेल्प नेपाल नेटवर्कले वर्तमान विषम परिस्थितिमा विभिन्न स्थानमा सहयोग गर्ने क्रमलाई जारी राखेको छ ।


ADVERTISEMENT


हेल्प नेपालले हालै मात्र नेपाल मेडिकल एसोसिएसनलाई चिकित्साकर्मीहरूको प्रयोजनका लागि पीपीई हस्तान्तरण गरेको छ । उक्त पीपीई आवश्यकता हेरी कोरोना परीक्षण एवम् सोको उपचारमा संलग्न अग्रपंक्तिमा कार्यरत चिकित्सकहरूलाई वितरण गरिने जानकारी गराइएको छ । त्यसैगरी नेटवर्कले पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकाको वडा नं ५ महुवनमा दलित अधिकार समाज, पर्सासँगको सहकार्यमा श्रमिकहरूलाई विभिन्न राहत सामग्री वितरण गरेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै जनकपुर उप–महानगरपालिकाको वडा नं ८ मा पनि विभिन्न राहत सामग्रीहरू वितरण गरेको हेल्प नेपालले जानकारी गराएको छ ।

हेल्थ नेपाल नेटवर्कले सञ्चालनमा ल्याएको मुगु जिल्लास्थित मुर्मा हेल्थ पोस्टमा सरकारसँगको सहकार्यमा नियमित स्वास्थ्य परीक्षणको कामलाई अगाडि बढाएको बताएको छ ।

रारा छायानाथ नगरपालिका वडा नं ९, मुर्मामा रहेको हेल्थ डेस्क सञ्चालनमा ल्याउँदै स्थानीयको उपचारलाई तीव्रता दिएको हो । उक्त हेल्थ डेस्क सञ्चालनका लागि रारा छायानाथ नगरपालिका वडा नं। ९ का अध्यक्ष मणिचन्द्र रोकायाले कोरोना संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक सामग्री स्वास्थ्यकर्मीहरूलाई हस्तान्तरण गरिएको बताइएको छ ।

उक्त स्वास्थ्य चौकीको हेल्थ डेस्क, हेल्प नेपाल नेटवर्कबाट ४ र रारा छायानाथ नगरपालिकाबाट ३ जना कर्मचारी परिचालन गरी सञ्चालनमा ल्याइएको हेल्थपोस्ट सञ्चालक समितिका अध्यक्ष बिर्खबहादुर रोकायले बताएका छन् ।