काठमाडौँ – प्राइम कमर्सियल बैंक लिमिटेडले कर्णाली प्रदेशलाई ५० थान व्यक्तिगत सुरक्षा कवच (पीपीई) सहयोग गरेको छ ।


ADVERTISEMENT


बैँकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णालीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्नका लागि पीपीई सहयोग गरेको हो । बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले बुधबार नेकपाका नेता तथा सांसद जनार्दन शर्मालाई पीपीई हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #