काठमाडौँ – गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले तीन नेपाली कांग्रेसका तीन कोइराला नेता र फाउन्डेसनका अन्य पदाधिकारीहरुसँग भिडियो कन्फेरेन्समार्फत छलफल गरेको छ ।


ADVERTISEMENT


फाउन्डेसनले कोरोना भाइरस (कोभीड–१९) को महामारीमा नेपाल सरकारको तयारी, कोरोना महामारी पछिको अर्थ व्यवस्था र नेपाली काग्रेंसको भूमिका लगायतका विषयमा नेपाली कांग्रेस सांसद तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, कांग्रेस महामन्त्री डा. सशांक कोइराला र कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरा लगायतसँग छलफल गरेको हो । बहसमा ५६ जनाको उपस्थिति रहेको फाउन्डेसनले जनाएको छ ।


ADVERTISEMENT

# # #


बहसमा कांग्रेस महामन्त्री सशांक कोइरालाले कोभिड–१९ को महामारीमा विश्वभर रहेका नेपालीहरुलाई सतर्क रहदै स्वस्थ रहन आग्रह गरे । उनले नेपाली काँग्रेसको १४औँ अधिवेशबाट नयाँ नेतृत्व आउने दाबी गर्दै नेपालमा अब कृषि क्रान्तिले अर्थ व्यवस्था उकास्न सहयोग गर्ने उल्लेख गरे । कोभीड–१९ ले सबैलाई ठूलो चुनौती संगसगैं एउटा ठुलो अवसर पनि दिएको बताए । कोभिड–१९ले विश्वलाई नै नयाँ सोच र विचारको बहस गराउन बाध्य गराएको धारणा उनले राखे ।

यस्तै फाउण्डेशनकी केन्द्रीय अध्यक्ष समेत रहेकी नेतृ सुजता कोइरालाले फाउण्डेशन मार्फत देशैभर विकास निर्माणको बाटो अवलम्बन गरेर नेपाली कॉंग्रेसको संघठन मज़बूत बनाउनु पर्ने विचार व्यक्त गरिन् । उनले सार्वजनिक स्वास्थ्य सेवा अझै प्रभावकारी बनाउँदै सबै जनताहरुलाई सरल र सुलभ स्वास्थ्य बीमा गर्नु पर्ने बताइन् । सरकारी विद्यालयहरुमा कप्युटर र ईन्टरनेटको सुविधा सबै विधार्थीहरुले पाउनु पर्ने धारणा व्यक्त गरिन् ।

फाउण्डेशन देशमा प्रजातन्त्र मजबुत गर्दै शान्ति र विकासका लागि कार्यहरु गर्दै जाने बताउँदै उनले सबैजनालाई स्वस्थ र सुरक्षित रहन आग्रह पनि गरिन् । यस्तै बहसमा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रभावशाली नेता डा. शेखर कोइरालाले नेपाल सरकार कोभिड–१९ रोक्न कुनै स्पष्ट कार्यक्रमको योजना नल्याएको र यस महामारी पछिको देशको अवस्थालाई सरकारले मूल्याङकन गर्न चुकेको बताए ।

उनले कांग्रेसले देशलाई निकास दिनका लागि सक्रियताका साथ अघि बढदै पार्टी को १४औँ अधिवेशन यो २१ औँ शताब्दीको उच्च प्रविधिको प्रयोग गर्दै समयमै गर्नु पर्ने धारणा राखे । उनले काँग्रेस अब पनि नसुध्रिए ठुलो घाटा सबैलाई हुने उल्लेख गर्दै सबैलाई सत्यको बाटोमा यात्रा गर्न आग्रह गरे ।

जिपि कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए । बहसमा अमेरिका लगायत विश्वभर रहेका गिरिजा प्रसाद कोइराला फाउण्डेशनसँग आवद्व संयोजक र सल्लाहकारहरु तथा एनआरएनमा रहेका नेताहरुको उपस्थिति रहेको थियो।