कोरोना भाइरसविरुद्व अमेरिकी सरकारले ‘रेम्डिसिभियर’ नामक एन्टिभाइरल औषधिलाई शुक्रबार स्वीकृति प्रदान गरेको छ । जसलाई कोभिडविरुद्वको अमेरिकी अभियानमा महत्वपूर्ण पहल बताइएको छ ।


ADVERTISEMENT


अमेरिकी संघीय सरकारको औषधि स्वीकृतिसम्बन्धी आधिकारिक निकाय ‘द फूड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन’ (एफडीए)ले आपत्‌कालीन स्वीकृतिका रुपमा सो अनुमति प्रदान गरेको हो । कोभिड आतंकले आक्रान्त बनेको अमेरिकी पृष्ठभूमिमा सो एन्टिभाइरलको परीक्षण नतिजा सकारात्मक आएको बुधबार नै जनाइएको थियो । स्वीकृत लगत्तै यो ‘एन्टिभाइरल’ औषधिलाई इन्जेक्सनमार्फत बिरामीलाई दिइनेछ ।


ADVERTISEMENT

# # #


यसअघि प्रयोग गरिँदै आएको औषधि ‘प्लेस्बो’ को पन्ध्र दिनको तुलनामा ‘रेम्डिसिभियर’ ले एघार दिनमा बिरामीलाई निको गर्ने दाबी गरिएको छ ।