काठमाडौं –  कोरोना भाइरसका कारण प्रभावित व्यवसायका लागि नेपाल राष्ट्र बैंकले घोषणा गरेको दोस्रो चरणको राहतप्रति गभर्नर महाप्रसाद अधिकारीलाई भेटेरै नेपाल बैकर्स संघले असन्तुष्टि जनाएको छ ।


ADVERTISEMENT


राष्ट्र बैंकले गत मंगलबार बैंक तथा वित्तीय संस्थाहरुको लागि एक सूचना जारी गर्दै चालु आर्थिक वर्षको चौथो त्रैमासको व्याज गणना गर्दा चैत मसान्तमा कायम व्याजरमा २ प्रतिशत बिन्दुले छुट, वैशाख र जेठमा भुक्तानी गर्नुपर्ने किस्ता असार मसान्तमा असुल गर्ने र त्यसमा कुनै जरिवाना नलगाउन निर्देशन दिएको थियो । यस्तै लकडाउन अवधिमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण चालुपुँजी कर्जाको सावाँ र व्याज भुक्तानी अवधि ६० दिन थप गर्नेलगायत विभिन्न सहुलियत घोषणा गरेको थियो ।


ADVERTISEMENT

# # #


राष्ट्र बैंकले घोषणा गरेको केही सहुलियत प्याकेजप्रति बैंकहरुले असन्तुष्टि जनाउँदै आएका छन् । बैंकर्स संघका अध्यक्ष भुवन दाहालसहित केही बैंकरहरु हालै नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई भेटेर आफ्ना असन्तुष्टिबारे ध्यानाकर्षण गराएका हुन् । बैकर्स संघका अध्यक्ष भुवन दाहालले गभर्नरसँगको भेटमा समग्र बैंकिङ क्षेत्रको अवस्थाको विषयमा छलफल भएको बताए ।

‘अभिभावक र छोराछोरीका बीचमा कहिलेकाँही फरक मत हुन सक्छ । तर अभिभावको निर्देशन नमान्ने भन्ने प्रश्न नै आउँदैन’ उनले भने ।

छलफलमा गभर्नर अधिकारीले वित्तीय क्षेत्रलाई अहिलेको परिस्थितिबाट जोगाउन आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाएको दाहालले बताए ।