एजेन्सी – जम्मु–काश्मीरको कुपवाडा जिल्लामा पर्ने हंदवाडामा चरमपन्थी समूहसँगको भिडन्तमा दुई अधिकृतसहित सेना र जम्मु–काश्मीर प्रहरीका पाँचजनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


भिडन्तमा मारिनेमा भारतीय सेनाका एक कर्णेल र एक मेजर छन् । यसका साथै जम्मु–काश्मीर प्रहरीका एक अधिकारी र दुई सेनाका जवानको मृत्यु भएको बीबीसीले जनाएको छ ।


ADVERTISEMENT

# # #


बीबीसीका अनुसार २१ राष्ट्रिय राइफलका कमान्डिङ आर्मी अफिसर कर्णेल आशुतोष शर्मा, मेजर अनुज, एक लेस नायक र एक राइलफल म्यानसँगै जम्मु–काश्मीर प्रहरीका इन्स्पेक्टर शकील काजीको मृत्यु भएको हो । भिडन्तका क्रममा दुई चरमपन्थी पनि मारिएका छन् ।

चरमपन्थीले हंदवाडाको चांगिमुलमा रहेको एक घरमा सर्वसाधारणलाई नियन्त्रणमा लिएर बसेका थिए । जम्मु–काश्मीर प्रहरी र सेनाको संयुक्त कारबाहीअन्तर्गत उक्त घरमा छापा मार्ने क्रममा भिडन्त भएको बताइएको छ ।