काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकलाई विभाजित दलको मान्यता दिने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सर्वोच्च अदालतमा आज रिट दायर गरेको छ ।


ADVERTISEMENT


राप्रपा प्रजातान्त्रिकलाई दल विभाजनको मान्यता दिने निर्वाचन आयोगको निर्णय गैरकानुनी भएको दाबी गर्दै राप्रपाले अदालतमा रिट दायर गरेको हो । सर्वोच्चको अन्तरिम आदेश विपरित निर्वाचन आयोगले राप्रपा प्रजातान्त्रिकलाई दल विभाजनको मान्यता दिएको राप्रपाले बताएको छ ।


ADVERTISEMENT

# # #


अदालतले ५६ जनाको हस्ताक्षर सनाखत गर्दै प्रक्रिया अघि बढाउन आदेश दिएपनि निर्वाचन आयोगले ६६ जनाको हस्ताक्षरको सनाखत गर्दै दल विभाजनको मान्यता दिएको राप्रपाको जिकिर छ ।

त्यस्तै केन्द्रीय सदस्य लिलादेवी श्रेष्ठ र राजेश्वरी देवीले दल दर्ताका लागि बुझाईएको हस्ताक्षर कीर्ते भएको उल्लेख गर्दै दिएको निवेदनमा आयोगले कुनै निर्णय नगरेको राप्रपा प्रवक्ता सुशील श्रेष्ठले बताए ।