काठमाडौं – विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३९ लाख १७ हजार नाघेको छ । संक्रमणबाट दुई लाख ७० हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ ।


ADVERTISEMENT


अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ हजार ९ सय नाघेको छ । अमेरिकामा १२ लाख ९२ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । संक्रमणबाट बेलायतमा ३० हजार ६ सय, इटलीमा २९ हजार ९ सय, स्पेनमा २६ हजार, फ्रान्समा २६ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै भारतमा संक्रमितको संख्या ५६ हजार नाघेको छ भने १ हजार ८ सय ८९ जनाले ज्यान गुमाइसकेका छन् । पाकिस्तानमा संक्रमितको संख्या २४ हजार ६ सय नाघेको छ भने ५ सय ८५ जनाले ज्यान गुमाएका छन् । विश्वभर १३ लाख ४० हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।