काठमाडौँ – संघीय संसदको बजेट अधिवेशन सुरु भएको छ । शुक्रबार प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र पढ्दै दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को छैटौँ अधिवेशन सुरु गरेका हुन् ।


ADVERTISEMENT


यसअघि बिहीबार दुबै सदनका सांसद्, कर्मचारी तथा मर्यादापालकको थ्रोट स्वाब सङ्कलन गरी कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्ड अनुसारको सामाजिक दूरीसहित आवश्यक सुरक्षा अपनाएर बैठक सुरु गरिएको हो ।


ADVERTISEMENT

# # #


राष्ट्रपतिले यही वैशाख २१ गते प्रधानमन्त्रीको सिफारिसमा सङ्घीय संसद्को छैटौँ अधिवेशन शुक्रबारका लागि आह्वान गरेकी थिइन् ।

आगामी जेठ ४ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रत्यक्ष हेर्नुहोस्