लण्डन– यस सिजन रियल म्याड्रिडबाट चेल्सी भित्रिएका अल्भारो मोराटाले प्रिमियर लिगमा तीन खेलपछि नै किर्तिमान बनाउन सफल भएका छन् ।


ADVERTISEMENT


५.८ करोड पाउण्डमा रियलबाट स्टाम्फोर्ड ब्रिजमा आएका मोराटाले प्रिमियर लिगमा घरेलु मैदानमा खेलिएका दुवै खेलमा गोल गरेका छन् । यति मात्र होइन उनले दुवै खेलमा गोलको अवसर पनि सृजना गरेका छन् ।


ADVERTISEMENT

# # #


योसँगै उनले नयाँ किर्तिमान बनाएका छन् । यसअघि कुनै पनि खेलाडीले घरेलु मैदानमा खेलिएका आफ्ना शुरुवाती दुई खेलमा गोल र एसिस्ट गर्न सकेका थिएनन् ।

पहिलो खेलमा बर्नलीविरुद्ध ३–२ को हार बेहोर्ने क्रममा स्पेनिस फरवार्ड बेन्चबाट आएर गोल गर्नका साथै डेभिड लुइजका लागि गोलको अवसर सृजना गरेका थिए ।

आइतबार एभर्टनविरुद्धको खेलमा उनले पुनः गोल गर्नका साथै सिसेक फाब्रिगासका लागि गोलको अवसर सृजना गरेका थिए ।

हिजै भएका अन्य खेलमा वेस्ट ब्रोम स्टोक सिटीसँग र टोटनहम हटस्पर्स बर्नलीसँग समान १–१ को बराबरीमा रोकिएको थियो ।