काठमाडौं । सिंहदरबारको गेटमा प्रहरीमाथि आक्रमण गरेको आरोपमा ४७ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।लक डाउनमा सिँहदरबार अगाडि नै चिनियाहरूको दादागिरी सैलिमा प्रहरी माथि आक्रमण गरेका थिए । उनीहरु सबैलाई नगर प्रहरीको कार्यालयमा राखिएको छ । आजमात्रै चिनियाँले आफ्नो देशमा फिर्ता जान पाउनुपर्ने माग गर्दै सिंहदरबार गेटमा प्रदर्शन गरेका थिए ।


ADVERTISEMENT


निषेधित क्षेत्र र त्यसमाथि लकडाउनको समयमा प्रदर्शन गर्न थालेपछि प्रहरीले रोक्न खोज्दा उनीहरु प्रहरीमाथि जाइलागेका थिए । त्यस क्रममा महानगरीय प्रहरी वृत सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत र एक प्रहरी जवान घाइते भएका थिए । त्यस क्रममा ४ जना चिनिया नागरिक पनि घाइते भएका थिए ।


ADVERTISEMENT

# # #


प्रदर्शन रोक्न खोज्दा चिनियाँहरु प्रहरीमाथि नै जाइलागेका थिए । यसअघि पनि उनीहरुले स्वदेश फिर्ता जान पाउनुपर्ने भन्दै दूतावाससँग आग्रह गरेका छन् । उनीहरुलाई के गर्ने भन्नेबारे छलफल भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।