काठमाडौँ – नेपालमा थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केका तीन जना महिला, कपिलवस्तुका तीन जना पुरुष र पर्साका एक पुरुष गरी सातजनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार शनिबार बिहान रााष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना देखिएको हो । उदयपुरका तीन संक्रमित महिलाहरु १८, ४५ र ६५ वर्षका रहेका छन् । यस्तै कपिलवस्तुका संक्रमित पुरुषहरु १७, १८ र १८ वर्षका रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै पर्सा छपकैयाका संक्रमित पुरुष ६२ वर्षका रहेको सहप्रवक्ता डा. अधिकारीले जनाएका छन् । उनका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने सबै संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा आइसकेका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । जसमध्ये ३० जना निको भएर घर फर्किएका छन् भने बाँकीको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।