काठमाडौं –  विश्वव्यापी महामारीको रुप लिइरहको कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि नेपाली सेनाले छाउनीस्थित वीरेन्द्र अस्पतालमा सम्पूर्ण तयारी पूरा गरेको छ । कोभिड–१९ का सम्भावित बिरामीको पहिचान, परीक्षण, आइसोलेशनसहित चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने संक्रमितको उपचारमा गर्नुपर्ने तयारी पूरा गरेको हो ।


ADVERTISEMENT


बिरामी तथा सेनाका कर्मचारी प्रवेश गर्ने भएकाले प्रवेशद्वारा उच्च सावधानी अपनाइएको अस्पतालले जनाएको छ । सरकारे सरकारको निर्देशन अनुसार नै फिवर क्लिनिक सञ्चालनमा आएको छ ।


ADVERTISEMENT

# # #


सेनाले जिओओपिडी सञ्चालन गर्ने उद्देश्यले निर्माण गरेको भवनलाई तत्कालका लागि कोरोना संक्रमित बिरामीको उपचार गर्ने गरी रुपान्तरण गरेको छ । त्यस्तै कोरोना संक्रमण रोकथाममा खटिएका चिकित्सहरुलाई आवश्यक तालिम पनि दिइएको अस्पतालले जनाएको छ ।