दार्चुला – भारतले पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी सडक निर्माण गरेको छ ।


ADVERTISEMENT


शुक्रबार उद्घाटन गरिएको कुल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्दछ । उद्घाटनपछि नेपाली पक्षले यसको विरोध गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


यसबारे नेपाल सरकारले आफ्नो दूताबासमार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ । शनिबार मात्रै परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै नेपाली भूमिमा सडक निर्माण गरेको भन्दै आपत्ति जनाएको छ ।

तस्बिर : रासस