विराटनगर– नेकपा माओवादी केन्द्रले प्रदेश नं २ मा संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकसँग तालमेल गर्ने भएको छ।


ADVERTISEMENT


प्रदेश नं २ मा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल बलिया दाबेदार देखिएका छन्। तर एमालेसँग तालमेल गर्ने विषयमा भने माओवादी केन्द्र सकारात्मक छैन। यद्यपी माओवादी केन्द्रले संघीय गणतन्त्र पक्षधर जो सुकैसँग तालमेल गर्न सकिने बताएको छ।


ADVERTISEMENT

# # #


विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले दुई नम्बर प्रदेशमा मधेश केन्द्रीत दलसँग तालमेललाई प्राथमिकता दिएको बताए।

उनले विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँगको तालमेललाई प्राथमिकता दिने उल्लेख गरे। तर, उनले राजपा र कांग्रेसको नाम भने लिएनन्।

पहिलो र दोस्रो चरणको निर्वाचनमा कांग्रेस र माओवादीले अधिकाशं स्थानमा तालमेल गरेका थिए। प्रदेश नं २ मा आउँदो असोज २ गते स्थानीय तहको निर्वाचन हुँदैछ। भदौ २१ गते दुई नंम्बर प्रदेशमा मनोनयन दर्ताको कार्यक्रम छ।