काठमाडौं –  उपत्यकामा सवारी चलाउनका लागि आजदेखि टाइम कार्ड लागू गरिने भएको छ । विभिन्न कार्यालय र संस्थाका सवारी साधनहरुले तोकिएको समयमा मात्र चलाउन पाउने व्यवस्था गरिएको हो ।


ADVERTISEMENT


कार्यालय समयको लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुकी ५ बजेदेखि ६ बजेसम्म घर फर्कन समय छुट्ट्याइएको छ । त्यस्तै, अत्यावश्यक खाद्य वस्तुका लागि बिहान चार बजेदेखि १० बजे अगाडिको समय तोकिएको छ। बैँक तथा वित्तीय संस्थाका लागि पनि निश्चित समय तोकिएको छ ।


ADVERTISEMENT

# # #


निर्माण सामग्री बोकेका ठूला ट्रकरटिपर बेलुका ८ बजे प्रवेश गरेर बिहान ६ बजेभित्र गन्तव्यसम्म पुगिसक्‍नु पर्ने छ । औषधि र पानी बोकेका सवारीमा भने समय सीमा तोकिएको छैन । पास भएका सवारी पनि प्रयोजन बिना गुड्न नपाउने व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।