काठमाडौं :   रोजगारी गुमाएका कतारका दुई कम्पनीबाट ९४ नेपाली कामदारले तलव तथा क्षतिपूर्ति वापत करीव सवा करोड रुपैयाँ पाएका छन् । गत मार्च महिनामा कतारको अल बण्डारी ईन्जिनियरिङ ट्रेडिङ कन्ट्र्याक्टिङ कम्पनीमा कार्यरत ८४ र आल्मुनियम गल्फ रे कम्पनीमा कार्यरत १० गरी ९४ जनाको बाँकी तलव र सुविधा नेपाली दूतावासको पहलमा उपलब्ध गराइएको हो ।


ADVERTISEMENT


नेपाली दूतावासले तवल वापतको ३ लाख ४६ हजार ३ सय २० र सुविधा वापतको २६ हजार ८ सय १ गरी ३७ लाख ३ हजार १ सय २० कतारी रियाल उपलब्ध भएको र कन्सुलर कार्यालय काठमाडौं पठाएको बताएको छ । शनिबारको विनिमय दर अनुसार उक्त रकम १ करोड २४ लाख १७ हजार ४ सय ४४ हुन आउँछ । ती दुबै कम्पनीमा रोजगारी गुमाएका नेपाली कामदारहरुलाई यसअघि नै नेपाल आइसकेका छन् ।


ADVERTISEMENT

# # #